डडेल्धुरा : डडेल्धुरामा सोमबारदेखि अनशन सुरु गरेका चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा. गोविन्द केसीलाई अनसनस्थलबाट डडेल्धुरा अस्पताल सारिएको छ। स्वास्थ्यमा समस्या देखिएपछि केसीलाई अनशन बसेको निजी घरबाट डडेल्धुरा अस्पताल सारिएको हो।
सदरमुकामस्थित अस्पताल निजिकै रहेको निर्मल क्लिनिक सञ्चालनमा रहेको घरको तेस्रो तलाको एउटा कोठामा केसी अनशन बसिरहेका थिए। शुक्रबार राति केसीलाई अस्पताल सारिएको हो।
डा. केसीको स्वास्थ्यमा प्रतिकूल समस्या देखिएपछि जनप्रतिनिधि, स्थानीय नागरिकको रोहबरमा अनशन बसेको पाँचौं दिनमा अस्पताल सारिएको हो।
उनलाई डडेल्धुरा अस्पतालको आकस्मिक कक्षमा राखिएको छ। उनको हाल अस्पतालको आकस्मिक कक्षको १६ नम्बर बेडमा उपचार भइरहेको अस्पतालका निमित्त मेसु डा.जितेद्र कँडेलले जानकारी दिए। उनका अनुसार केसीलाई अहिले बोल्न समेत समस्या भइरहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।