भएन उम्मेदवारी फिर्ता

|

पोखरा : आगामी मंसिर १४ गते बाग्लुङ '२ ख' मा पनि उपनिर्वाचन हुँदैछ। यो क्षेत्र बागी उम्मेदवारको कारणले पनि चर्चामा छ। बाग्लुङमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राष्ट्रिय जनमोर्चालाई साथ दिएको छ। तर, नेकपा बाग्लुङका नेता रहेका शेरमान घर्तीले भने बागी उम्मेदवारी दर्ता गरे। नेकपाकै स्थानीय नेताहरू दधिराम अर्याल प्रस्तावक र रिमबहादुर बिक समर्थक बसेपछि उनी बागी उम्मेदवार बनेका थिए।

त्यसपछि उनी नेकपाको टाउको दुखाइको विषय बनेका थिए। उनलाई नेकपाले प्रभूको हेलिकप्टर चढाएर सदरमुकाम ल्याएको छ। उनलाई बागलुङको बुर्तिबाङको होटल दरबारबाट हेलिकोप्टरमा राखेर मुख्यनिर्वाचन अधिकृतको कार्यालय ल्याए पनि उनले उम्मेदवारी फिर्ता गरेनन्। आज दिउँसो १ बजेसम्म उम्मेवरी फिर्ताको समय थियो। 

नेकपाले उम्मेदवार नउठाइ राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाहीलाई साझा उम्मेदवार बनाएपछि उनले बागी उम्मेदवारी दिएका थिए। घर्ती तत्कालीन माओवादीबाट २०७४ को स्थानीय तहको निर्वाचनमा ढोरपाटन नगरपालिकाको मेयरमा पराजित उम्मेदवारसमेत हुन्।

नेकपा बाग्लुङका अध्यक्ष इनद्रलाल सापकोटाले शेरमानलाई हेलिकोप्टरमा राखेर ल्याएर पुष्टि गरे। ‘उहाँलाई हेलीमा राखेर मुख्य निर्वाचन अधिकृतको कार्यालय पुर्‍याए पनि समय घर्कीसकेकोले फिर्ता लिन मिलेन,’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.