|

पर्सा : भारतले नेपाली भूभागलाई समेटेर आफ्नो नयाँ नक्सा सार्वजनिक गरेको विरोधमा वीरगंजमा प्रदर्शन गरिएको छ। कालापानी, लिपुलेकलगायतका क्षेत्रलाई आफ्नो नयाँ नक्सामा समेटेपछि त्यसको विरोधमा वीरगंजस्थित भारतीय महावाणिज्य दूतावास अगाडि प्रदर्शन गरिएको हो।

स्थानीय युवाको नेतृत्वमा निकालिएको जुलुसले महावाणिज्य दूतावासअगाडि सीमा अतिक्रमणका विरुद्ध चर्का नारा लगाएका थिए। उनले गद्दार छिमेकी चाहिँदैन गो ब्याक इन्डियालगायतका नारा लगाएर सीमा अतिक्रमणको विरोध गरेका थिए। उक्त विरोध कार्यक्रममा अनेरास्वयुका विद्यार्थी नेताहरूको पनि सहभागिता रहेको थियो।

भारतले एकपक्षीय रूपमा जारी गरेको आफ्नो नयाँ नक्सामा नेपाली भूभाग समेटेपछि नेपालका विभिन्न ठाउँमा त्यसको विरोध भइरहेको छ। जम्मु र कश्मिरलाई दिएको विशेष अधिकार खारेज गरेपछि उक्त भू-भागलाई समेट्दै भारतले गत आइतबार नयाँ नक्सा सार्वजनिक गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.