|
फाइल तस्बिर

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने विश्वास व्यक्त गरेकी छन्।

किरात धर्मावलम्बीको महागुरु फाल्गुनन्द जयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै स्वदेश तथा विदेशमा रहेका किरात धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक मङ्गलमय शुभकामना दिएकी छन्।

फाल्गुनन्दले किरात धर्म र संस्कृतिमा महत्त्वपूर्ण योगदान पु¥याएकामा उच्च कदर गर्दै सरकारले उनलाई राष्ट्रिय विभूति घोषणासमेत गरेको राष्ट्रपति भण्डारीले स्मरण गरेकी छन्। पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम झापालगायतका पूर्वी पहाडी जिल्लामा धार्मिक अनुष्ठान, पूजापाठलगायतका कार्यक्रम आयोजना गरी फाल्गुनन्दको जन्मजयन्ती मनाउने गरिएको राष्ट्रपति भण्डारीको सन्देशमा उल्लेख छ । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.