|

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको व्यस्तताले संवैधानिक परिषद्को बैठक स्थगित भएको छ। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा परिषद सदस्य देउवा बंगलादेशका राष्ट्रपतिसँग भेटघाटमा व्यस्त भएपछि स्थगित भएको हो। 'प्रमुख प्रतिपक्षी दलका नेताको व्यस्तताले बैठक स्थगित भएको हो', परिषद्का सदस्य सचिव तथा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले थाहा खबरसँग भने।

आजको बैठकमा विभिन्‍न संवैधानिक आयोगहरूमा रिक्त रहेका पदहरूमा नियुक्तिको टुंगो लगाउने तयारी थियो। चार दिने नेपाल भ्रमणका लागि आएका बंगलादेशका राष्ट्रपतिसँग भेटघाटमा व्यस्त रहनुपरेकाले परिषद्को बैठकमा जान नसकेको देउवाको सचिवालय जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.