|

रोल्पा : करिब एक वर्षदेखि सरकारको प्रतिबन्ध झेलिरहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्‍वको नेकपाले पनि मंसिर १४ मा हुने उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने भएको छ।

राजनीति आन्दोलनमा चर्चाको केन्द्रमा रहने तत्कालीन माओवादीको आधार इलाका रोल्पाको थवाङमा विप्लव समूहले उपनिर्वाचन लड्ने भएको हो । थवाङमा विप्लव समूहले स्वतन्त्र उम्मेदवारी दिएको हो।

थवाङको वडा नम्बर १ को अध्यक्षका लागि नेकपाकोतर्फबट जनकबहादुर बुढा, नेपाली कांग्रेसका कमल रोका र विप्लवको तर्फबाट भद्रबहादुर झाँक्रीले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। 

थबाङ गाउँपालिका-१, का वडाअध्यक्ष फर्कबहादुर बुढाको मस्तिष्कघातबाट गत असरमा निधन भएको थियो। उनी पनि विप्लव समूहसँगै आस्था राख्ने व्यक्ति थिए। स्वतन्त्र नै उम्मेदवारी दिएका बुढाले २०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार ग्रिसबहादुर पुनलाई हराएका थिए।

विप्लवमै आस्था राख्ने फर्कबहादुर रोकाले उम्मेदवारी दिइरहँदा विप्लवले भने देशव्यापी बहिष्कार अभियान चलाएको थियो। फर्कबहादुरले निर्वाचन लडेपछि तत्कालीन विप्लव समूहभित्र खैलाबैला भएको थियो। 

फर्कबहादुरलाई पटकपटक पार्टीले राजीनामा दिन भने पनि  जनताको मतलाई अपमान गर्न नुहुने भन्दै उनी जानताको सेवामा जुटेका थिए। तर उनको गत असारमा निधन भएपछि वडाअध्यक्ष पद रिक्त थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.