|

पर्सा : आर्थिक नगरी वीरगन्जमा कर छलीमा न्यूनीकरण ल्याउने उद्देश्यले सिस्नुपानी हास्य कलाकारको टोलीले ‘करमैत्री यात्रा' मा आफ्नो प्रस्तुति दिएको छ। वीरगन्जका व्यापारी दीपेन्द्र पासवान ३ करोड ३५ लाखभन्दा बढी कर छली प्रकरणमा जेल चलान भएको पर्सिपल्ट सिस्नुपानीको टोलीले करमैत्री यात्रामा बुधबार आफ्नो ब्यांग्यात्मक प्रस्तुति दिएको हो। 

यहाँका करदातालाई कर बुझाउनेबारे हास्य कलाकार मनोज गजुरेलले प्रधानमन्त्री केपी ओली, भारतका प्रधानमन्त्री मोदी, नेपालका प्रचण्ड, शेरबहादुरलगायतको शैलीमा गजुरियल प्रस्तुति गर्दै वीरगन्जका करदाताहरूलाई कर तिर्न उक्साए। उनको प्रस्तुतिमा सबैले मुटु मिचिमिचि हसाँए। मुलुकका अरू भागमा भएजस्तै छैठौँ प्रस्तुति गरेको सिस्नुपानीले व्यांग्यात्मक प्रस्तुति गर्दा वीरगन्जका करदाता मख्ख परेका थिए।

आन्तरिक राजश्व विभागको आयोजनमा मुलुकभरी अरू ९ ठाउँमा अझै करमैत्री यात्रामा सिस्नुपानीको प्रस्तुति हुने आन्तरिक राजश्व कार्यालय वीरगन्जका कर अधिकृत सुनिल देवकोटाले बताए। 

यात्रामा सहभागी हास्य कलाकार मनोज गजुरेलले आर्थिक नगरी वीरगन्जका करदाताहरूलाई कर किन तिर्ने? भन्ने तिखो यथार्थ ब्यंग्य प्रहार गरे। सिस्नुपानीका अध्यक्ष तथा ब्यंग्यकवि लक्षमण गाम्नाङ्गे, गायक कमलीकान्त भेटवाल, कवि तथा साहित्यकार धिरेन्द्र प्रेमर्शी, कवि सरोज घिमिरे, गायक शिशिर योगी र अर्का कवि अर्जुन पराजुली लगायतको सिस्नुपानीको टोलीले प्रस्तुति गरेको करमैत्री यात्राको टंक आचार्यले सहजीकरण गरे।

नक्कली बिल विजक प्रयोग गरी आर्थिक नगरी वीरगन्जको मुटु माइस्थानका दीपेन्द्र पासवान करछली प्रकरणमा सोमबार आन्तरिक राजश्व कार्यालय, पर्साको निर्णयले जेल जानु र बुधबारको कार्यक्रम पनि आन्तरिक राजश्व कार्यालयको आफ्नो विभाग काठमाडौंको अगुवाइमा हुनु कर संकलनमा माथिबाटै कडाइ गरेको जस्तो गज्जब संयोग मिलेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.