|

चितवन : मोटरसाइकल दुर्घटनामा परी चितवनको भरतपुरमा एक जनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–१ ठिमुराका ३५ वर्षीय डिल्लीराम गौतमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

रामनगरबाट ठिमुरातर्फ गइरहेको ना १५ प ५१४१ नम्बरको मोटरसाइकल शुक्रबार राति ११ः५० बजे अनियन्त्रित भई पल्टिँदा गौतम गम्भीर घाइते भएका थिए। उनको भरतपुर अस्पतालमा उपचारका क्रममा राति करिब १ बजे मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए। उनको सव भरतपुर अस्पतालमा राखिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.