बैतडी : बैतडीमा मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दिएका कुनै पनि उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता नलिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
कात्तिक २७ गते उम्मेदवारी दर्ता गराएकामध्ये शनिबार १० बजेदेखि दिउँसो १ बजेसम्मको समय रहेकोमा कुनै पनि उम्मेदवारले फिर्ता नलिएको मुख्य निर्वाचन अधिकृत ईश्वरीप्रसाद भण्डारीले बताए।
जिल्लाका स्थानीय तहहरू दोगडाकेदार ४, सुर्नया गाउँपालिका १ र पुर्चौडी नगरपालिका ४ मा उपनिर्वाचन हुँदैछ। जसका लागि दोगडाकेदार ४ मा नेकपाबाट नरेन्द्रप्रसाद भट्ट, कांग्रेसबाट सुरेन्द्रप्रसाद भट्ट र राप्रपा संयुक्तबाट देवसिंह खत्रीले उम्मेदवारी दिएको छ।
सुर्नया १ मा नेकपाबाट धनवहादुर चन्द र कांग्रेसबाट गजेन्द्रबहादुर चन्दको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ। उता पुर्चौडी ४ मा नेकपाबाट शैलेन्द्र धानुक, कांग्रेसबाट गोबिन्दबहादुर धामी र स्वतन्त्रबाट चन्द्रबहादुर बोहराले उम्मेदवारी दर्ता गराएका छन्।
मंसिर १ आइतबार गते उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिने उनले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।