प्रधानमन्त्री ओलीसँग चाँडै भेट हुने अपेक्षा

|

काठमाडौं : नवनिर्वाचित श्रीलंकन राष्ट्रपति  गोतबया राजपक्षेले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग चाँडै भेटको अपेक्षा गरेका छन्।

राष्ट्रपतिमा निर्वाचित भएपछि प्रधानमन्त्री ओलीले ट्विटरमार्फत् दिएको बधाई स्वीकार्दै उनले यस्तो अपेक्षा गरेका हुन्। राष्ट्रपति राजापाक्षेले नेपाललाई बुद्धको जन्मस्थलका रुपमा स्मरण गर्दै आफूलाई बधाई दिएकोमा प्रम ओलीलाई धन्यवाद दिएका छन्। 

'तपाईंले दिएको शुभकामनाका लागि हार्दिक धन्यवाद! बुद्धको जन्मस्थल भएका नेपालले हाम्रो मन मष्तिष्कमा विशेष स्थान लिएर बसेको छ', उनले भनेका छन्, 'म सार्क क्षेत्र भित्रमा शान्तिपूर्ण सह-अस्तित्व र आर्थिक प्रगतिलाई बढावा दिने प्रयासमा जुट्नेछु। र, तपाईंसँग चाँडै भेट हुने अवसरको प्रतीक्षामा रहेको छु।'

भारतले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई भन्दा बिम्स्टेकलाई पहिलो प्राथमिकता दिइरहेका बेला श्रीलंकन राष्ट्रपतिले भने सार्क क्षेत्रबीच आर्थिक सहयोगको बढावा र भाइचारा अभिवृद्धिको अपेक्षा गरेका हुन्। 

श्रीलंका बौद्ध धर्मवालम्बी बाहुल्य देश हो। त्यहाँ करिब ७० प्रतिशत जनसंख्या बौद्ध धर्मावलम्बीको रहेको छ। नेपालको लुम्बिनी उनीहरुको प्रमुख धार्मिक गन्तब्य हो। 

श्रीलंकामा पूर्वराष्ट्रपति महिन्दा राजापक्षेका भाइ गोतबया राजपक्षे केही दिनअघि नयाँ राष्ट्रपति निर्वाचित भएका थिए। उनले आफ्ना निकटतम् प्रतिद्वन्द्वी सजीत प्रेमदासालाई हराएका थिए। 

गोतबया राजपक्षे श्रीलंकाका पूर्व राष्ट्रपति र तथा वर्तमा विपक्षी दलका नेता नेता महिन्दा राजपक्षेका कान्छा भाइ हुन्। गोताबाया युद्धकालिन समयका रक्षा प्रमुख थिए। 

चीननिकट मानिने उनी निर्वाचित भएपछि भारतलाई केही समस्या भएको छ। तर चीनलाई भने श्रीलंकासँग सहयोग विस्तारका लागि झन् सहज भएको छ। महिन्दा राजपक्षे १० वर्ष सत्तामा रहँदा चीनले श्रीलंकामा अर्बौँ डलर लगानी गरेको थियो। 

राजापाक्षे सन् २०१५ सम्म श्रीलंकाको सत्तमा थिए।  भारतको दबाबबी महिन्दा राजपक्षेले चीनबाट अर्बौँ डलर ऋण लिएका थिए। आफ्नो मुख्य बन्दरगाहका द्वार चिनिया पनडुब्बीका लागि खोलिदिएका थिए। 

उनले चीनसँग मिलेर एक विशाल बन्दरगाह निर्माण गरेका छन्। यसका कारण चीनको ऋणमा श्रीलंका डुब्ने चर्चा पनि भएको थियो। भारतका सामरिक मामिलाका जानकार ब्रह्म चेलानीले राजपक्षे राष्ट्रपति बनेपछि भारतलाई केही मुस्किल पर्ने बताएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.