|

काठमाडौं : सम्पादक समाज नेपालले यसवर्षको गोविन्द वियोगी पत्रकारिता पुरस्कार पत्रकार प्रशान्त अर्याललाई प्रदान गरेको छ। आइतबार आयोजित कार्यक्रममा नेपाल साप्ताहिकका प्रधान सम्पादक अर्याललाई २५ हजार १ रुपैयाँ राशीको पुरस्कार उपप्रधानमन्त्री विमलेन्द्र निधिले प्रदान गरे।

त्यस्तै १५ हजार १ रुपैयाँ राशीको गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार दिवंगत पत्रकार गोपालचन्द्र गौतमलाई दिइएको छ। समाजले अग्रज सञ्चारकर्मी सम्मान प्रकाशमान सिंह प्रधान, कल्याणी रिमाल, आरके माननधरलाई प्रदान गरिएको छ।

आइतबारकै कार्यक्रममा मातृभूमि साप्ताहिकको सम्पादकीय संग्रह दाेस्राे खण्ड पनि विमोचन गरिएको छ। यसमा २०४२ सालदेखि २०४६ सालसम्म प्रकाशित सम्पादकीयहरु संग्रह गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.