|
फाइल तस्विर

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बेरोजगारी समस्या समाधानको कामलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन्।

प्रधानमन्त्री ओलीले बेरोजगारी समस्या समाधानका लागि सरकारले सामाजिक सुरक्षा योजनालाई कार्यान्वयनमा ल्याएको पनि स्पष्ट पारे। बुधबारबाट काठमाडौंमा सुरु भएको ‘युनि ग्लोबल युनियन एसिया तथा प्यासिफिक रिजन’ को ५औं क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै उनले गरिवी निवारण र भोकमरीको अन्त्य विश्वका अन्य मुलुकको पनि साझा समस्या भएकाले आपसी सहकार्यको माध्यामबाट सो समस्या समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको पनि बताए।

प्रधानमन्त्री ओलीले नेपालमा बेरोजगारी समस्या समाधानका लागि सरकारले बाह्य लगानी जुटाएर भए पनि उत्पादनमूलक उद्योग संचालनको कामलाई जोड दिएको पनि स्पष्ट पारे। उनले श्रमिकहरूको न्यायको पक्षमा नेपाल सरकार दृढतापूर्वक उभिएको पनि बताए। गरिवी, बेरोजगारी, भोकमरी विश्वमा बढदै गएको समस्या भएकाले यसको समाधानमा राष्ट्रहरूबीच बलियो सहकार्य हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.