उच्चका आठजना न्यायाधीशको सरुवा

|
फाइल तस्विर

काठमाडौं : न्यायपरिषद्ले उच्च अदालतमा १५ जना न्यायाधीश नियुक्तका लागि सिफारिस गरेको छ। साथै उच्च अदालतका आठजना न्यायाधीशको सरुवा गर्न सिफारिस गरेको छ।

बुधबार बसेको न्यायपरिषद्को बैठकले १५ जना न्यायाधीश नियुक्तका लागि सिफारिस गर्ने निर्णय गरेको हो। बैठकले जिल्ला अदालतका न्यायाधीशको बढुवा तथा कानुन व्यवसायी र सरकारी वकिल कार्यालयका न्यायाधीशलाई नियुक्ति गर्न सिफारिस गरेको छ।

जिल्ला न्यायाधीशबाट किरणकुमार पोखरेल, मुरारीबाबु श्रेष्ठ, सुदर्शनराज पाण्डे, दीपेन्द्र अधिकारी, रमेशराज पोखरेल, नरिश्वर भण्डारी उच्च अदालतको न्यायाधीशमा बढुवा भएका छन्। सरकारी वकिलका तर्फबाट गीताप्रसाद तिमल्सिना उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन्।

कानुन व्यवसायीका तर्फबाट मिलनकुमार राई, राजकुमार सिलवाल, मेरिना श्रेष्ठ, मीना गौतम सेढाई र सोमकान्त मैनाली न्यायाधीश नियुक्तका लागि सिफारिस गरेको छ।

परिषद् बैठकले प्रकाशचन्द्र गजुरेललाई उच्च अदालत जनकपुर, शिवनारायण यादवलाई विराटनगर, विनोद शर्मालाई सुर्खेत, कृष्ण गिरीलाई जनकपुर, रमेश कुमार खत्रीलाई पोखरा सरुवाको सिफारिस गर्ने निर्णय गरेको छ।

यस्तै रवि शर्मालाई उच्च अदालत पाटन हेटौँडा, जनक पाण्डेलाई जनकपुर र राजेश कुमार काफ्लेलाई तुलसीपुरमा सरुवा गर्ने निर्णय गरेको न्यायापरिषद् सचिवालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.