|

जनकपुरधाम : अनुगमनको विरोधमा दुई दिनदेखि बन्द रहेका जनकपुर नगर क्षेत्रका औषधी पसलहरु आइतबार दिउँसो खुलेका छन्। आइतबार जिल्ला प्राशासन कार्यालय धनुषा र जनकपुर अञ्चल औषधि व्यवसायी संघबीच पाँच बुँदे सहमति भएपछि पसल खुलेका हुन्। 

विना अनुमति सञ्चालित औषधि पसलहरु तीन मिहनाभित्र कानुनी दायरामा ल्याउने, औषधि पसल दर्ताका लागि औषधि व्यवस्था विभागबाट जनकपुरमा शाखा सञ्चालन गर्न स्थलगत समिति बनाउने, औषधि पसलका लागि दक्ष जनशक्ति तयार गर्न अभिमुखीकरण तालिम व्यवस्था गर्ने सहमति भएको छ।

त्यस्तै औषधी पसलको अनुगमन आचार संहिता अनुसार गर्ने र विना दर्ता सञ्चालित औषधि पसल जिल्ला स्वास्थ्य कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र आन्तरिक राजस्व कार्यालयसँग समन्वय गरेर सञ्चालन गर्ने लगायत पाँच बुँदे सहमति भएपछि औषधी पसल खुलेको जनकपुर अञ्चल औषधि व्यवसायी संघका सचिव पप्पु अग्रवालले जानकारी दिए।

गत पुस २६ गते धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी राजेश गिरी संयोजक रहेको अनुगमन समितिले जनकपुरका निजी स्वास्थ्य संस्था तथा औषधि पसलहरुमा अनुगमन गरेपछि त्यसको विरोधमा औषधी व्यवसायीहरुले आन्दोलन थालेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.