गुट र लेनदेनलाई मापदण्ड बनाएको आरोप

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्री हेरफेरको प्रशंसा भन्दा चर्को स्वरमा आलोचना सुरु भएको छ। योग्य र राम्रो काम गरेका केही मन्त्रीलाई पाखदा लगाएर अक्षम र अयोग्यलाई मन्त्री बनाएको भन्दै सत्तारुढ नेकपाभित्रै तीव्र आलोचना भएको हो। 

कार्यसम्पादन मूल्याङ्कनमा अब्बल ठहरिएका गोकर्ण विष्ट र लालबाबु पण्डितसहितका मन्त्रीहरुलाई हटाएर उनीहरु भन्दा अक्षम र कमजोरलाई जिम्मेवारी दिएको भन्दै नेकपाकै नेताहरुले ओलीमाथि तीव्र कटाक्ष गरेका छन्। 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ अध्यक्ष प्रभु साहले मन्त्रिपरिषद् पुनर्गठनले फेरि एक पटक लज्जित बनाए प्रतिक्रिया दिएका छन‍्। बुधबार राति गरिएको मन्त्रिपरिषद् पुनर्गठनपछि बिहीबार सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै ओलीको उक्त कदमको चर्को आलोचना गरेका हुन्। 

मन्त्री बन्‍ने सूचीमा रहेका भनिएका साह यो पटक ‌ओलीको क्याबिनेटमा परेका थिएनन्। उनले कार्यसम्पादनको आधारमा भन्दा पूर्वाग्रह र लेनदेनको आधरमा मन्त्री बनाइएको गुनासाो गरे।

'कार्यसम्पादनको आधारमा मन्त्रिपरिषद पुनर्गठन गर्ने भनिए पनि अन्तत: गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा गरेको देखियो', उनले भनेका छन्, 'मन्त्री हटाउँदा वा राख्दा सामान्य कम्युनिस्ट मूल्य मान्यता पनि लागू भएको देखिएन।'

साहले योग्यहरुलाई हटाएर अयोग्यलाई मन्त्री बनाउने नेतृत्वको यो कदममाथि कटाक्ष गर्दै 'महान' भनेका छन्।  'योग्यहरूलाई हटाउने र अयोग्यलाई मन्त्री बनाउने नेतृत्वको यस्तो महान कार्यले हामी फेरि एक चोटी लज्जित भएका छौँ', उनले भनेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.