समाज

घुस लिएको अभियोगमा मुद्दा

मंसिर ६, २०७६

    काठमाडाैं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत पश्चिम रुकुम मुसिकोटमा कार्यरत रमेशकुमार खड्काविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

    अदालतबाट फैसला भइसकेको मुद्दामा मालपोत कार्यालयलाई जग्गा दाखिला खारेज दर्ता पूर्जी उपलब्ध गराउनुपर्नेमा नगराई पटकपटक मोलमोलाइ गरी ६० हजार घुस माग गरेको आरोप लागेको छ। सौदाबाजी गरी खड्काले रकम माग गरेकै अभियोगमा केही दिन पहिले कार्यालय परिसरबाटै पक्राउ गरेको थियो। 

    त्यस्तै शिक्षा विकास निर्देशनालय प्रदेश ५ बुटवलमा कार्यरत सव इञ्जिनीयर मन्दिप पौडेल र जेसिभी चालक विक्रम बस्नेतविरुद्ध विशेष अदालतमा आयोगले मुद्दा दायर गरेको छ। 

    विद्यालयको भवन निर्माण कार्य सम्पन्न भई भुक्तानी दिने कार्य सम्पन्न भएपछि अन्तिम किस्ता रकम निकासा गर्ने सिलसिलामा पौडेलले  एक लाख २० हजार घुस मागेको अभियोग लागेको छ। आयोगले सव इञ्जिनीयर पौडेलको भरियाका रुपमा घुस रकम लिन गएका बस्नेतलाई समेत दोषीको आरोप लगाउँदै मुद्दा दायर गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]