|

दोहा : ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले ओमानका पर्यटनमन्त्री अहमद बिन नासेर अल मेहार्जीलाई पर्यटन वर्ष २०२० को उद्घाटन कार्यक्रममा उपस्थित हुन निम्तो दिएकी छन्। राजदूत पराजुलीले मन्त्री नासेर अल मेहार्जीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पठाएका निमन्त्रणापत्र दिएको ओमानस्थित नेपाली दूतावासले जनाएको छ।

राजदूत पराजुलीसँगको भेटमा पर्यटनमन्त्री मेहार्जीले आफू नेपाल जान इच्छुक रहेको भन्दै उक्त कार्यक्रममा सहभागी हुने प्रतिवद्धता ब्यक्त गरेको दूतावासले जनाएको छ। सरकारले नेपाल भ्रमण वर्ष २०२० अभियानको शुभारम्भमा विभिन्न ४० देशका पर्यटनमन्त्रीलाई सहभागी गराएर भ्रमण वर्ष अभियानको उद्घाटन कार्यक्रममा सहभागिताका लागि ४० देशका पर्यटनमन्त्रीलाई निमन्त्रणा गरिएको जानकारी दिएको थियो।  

सरकारले सन् २०२० को जनवरी १ तारिखका दिन नेपालमा भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्दैछ। विदेशस्थित सबै कूटनीतिक नियोगमा जनवरीको पहिलो साताभित्र भ्रमण वर्षको उद्घाटन हुने छ। भ्रमण वर्ष अवधिमा सरकारले  २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ प्रवर्द्धनात्मक गतिविधिलाई तीव्रता दिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.