|

काठमाडौं: सोमबार नेप्से परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ। नेप्सेमा ११.६३ अंकको गिरावट आएसँगै १४ सय ६६.०९ अंकमा कायम छ।

'क' वर्गका कम्पनीहरुको कारोबारको मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.०७ र सेयर पत्रको कारोबारको मापन गर्ने फ्लोट इन्डेक्स समेत ०.९१ अंकले ह्रास आएको छ। समुहगत परिसुचक तर्फ वत्त अन्तर्गतका परिसुचकमा झिनो अंकको सुधार देखिएको छ।

यस दिन वित्त परिसुचक ०.८४ अंकले उकालो लाग्दा यो परिसुचकमा ७०८.५२ अंक कायम भएको छ। वित्तबाहेकका समुहगत परिसुचकमा भने ह्रास आएको छ। यस दिन १२९ कम्पनीको ७६ लाख ५१ हजार ५ सय ४० कित्ता सेयरपत्रको कारोबारबाट ५८ करोड ८७ लाख ६९ हजार १ सय ३६ रुपैयाँ बराबरको कारोबार भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.