विदेश जाने हरेक नेपालीले कम्पनी या कलेज प्रमुखलाई उपहार दिनुपर्ने
विदेश जाने हरेक नेपालीले कम्पनी या कलेज प्रमुखलाई उपहार दिनुपर्ने
काठमाडौं : नेपाल भ्रमण वर्ष २०२० लाई प्रवर्द्धन गर्न नेपालमा उत्पादित कुनै पनि सामानको प्याकेटको बाहिरी भागमा नेपाल भ्रमण वर्षको लोगो राख्न सरकारले आग्रह गरेको छ।
नेपाल भ्रमण वर्ष २०२० को मूल आयोजक समितिको बैठकले प्याकेटको बाहिरी भागमा लोगो राख्न आग्रह गर्नेसहित भ्रमण वर्षलाई व्यवस्थित गर्न १४ वटा निर्णय गरेको छ।
समितिले नेपाल भ्रमण वर्षको उद्घाटन दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने जनाएको छ। उद्घाटन समरोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्मबोधन गर्ने भएका छन्।
समारोहमा मन्त्रीहरु, मुख्यमन्त्रीहरु, कुटनीतिक नियोगका प्रमुखहरु, ४० देशका पर्यटन मन्त्रीहरु, विश्वका ठूला विमान कम्पनीका प्रमुखहरु र विश्वका चर्चित सञ्चारमाध्यमका प्रतिनिधिलगायतको सहभागिता रहने जनाइएको छ।
उद्घाटनको अघिल्लो राति ३१ डिसेम्बरमा ठमेलमा नेपाल भ्रमण वर्षको विशेष कार्यक्रम गरिने जनाइएको छ। बौद्ध, स्वयम्भू, पशुपतिनाथ, लुम्बिनी र जनकपुरलगायतका ठाउँमा २ हजार २० वटा दियो बाल्ने कार्यक्रम छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाले विशेष कला प्रदर्शन गर्नेछन् भने कुटुम्ब, नेपत्थ्यलगायतका देशका चर्चित सांगीतिक समूहले प्रस्तुति दिने तयारी भइरहेको छ।
यस्ता छन् मूल आयोजक समितिका १४ निर्णय
तपाईंको ईमेल गोप्य राखिनेछ ।