३० बैंकले पाए अास्वा प्रणालीको अनुमति

|

काठमाडौं: सेयर लगानीमा सहजताको लागि कार्यन्वयनमा ल्याउन लागिएको आस्वा (एप्लिकेशन सपोर्टेड बाई ब्लक्ड एमाउण्ट) प्रणालीमा ३० वटा बैंकले नेपाल धतोपत्र बोर्डबाट अनुमति पाएका छन्।  बोर्डले २१ वाणिज्य बैंक र ९ विकास बैंकलाई आस्वाको अनुमति दिएको छ। अनुमतिसँगै मुगु र बाजुरा बाहेकका ७३ जिल्लामा यो प्रणाली लागु हुनेछ।

नेपाल धितोपत्र बोर्डका अनुसार ३० बैंकका १५ सय ७  शाखाबाट यो सेवा पाइनेछ। धितो पत्र बोर्डले बैंक तथा वित्तीय संस्थामा प्रारम्भिक रुपमा स्वेच्छिक गराएको यो प्रणाली आगामी साउन महिनादेखि अनिवार्य गराउने जनाएको छ। यो प्रणाली सुरु भएपछि आवेदकको बैंक खाताबाटै पैसा ब्लक गरिने भएकाले सेयर खरिद गर्दा आवेदन फारम मात्र बुझाउँदा हुन्छ।

बैंकको चेक जम्मा गर्ने, बाँडफाँट भएपछि सेयर नपरेको रकम फेरि बिक्री प्रवन्धकमार्फत चेकबाटै फिर्ता गर्नुपर्ने झण्झटिलो प्रक्रिया हटाउदै यस्तो व्यवस्था गर्न लागिएको धितोपत्र बोर्डले जनाएको छ।

कुन बैंकले कति जिल्ला र शाखाबाट दिन्छन् सेवा?

क्रस

बैंक

जिल्ला र शाखा

 

सेञ्चुरी कमर्सियल बैंक लि

२२ जिल्ला ३१ शाखा

सनराइज बैंक लि.

२८ जिल्ला ६७ शाखा

कैलाश विकास बैंक

१५ जिल्ला ३७ शाखा

एस डेभलपमेण्ट बैंक

११ जिल्ला १३ शाखा

सिटिजन्स् इन्टरनेसनल बैंक

३० जिल्ला ५८ शाखा

लक्ष्मी बैंक

३७ जिल्ला ५९ शाखा

सानिमा बैंक

२६ जिल्ला ४१ शाखा

सिद्धार्थ बैंक

२५ जिल्ला ६३ शाखा

एनआईसी बैंक

३२ जिल्ला ८० शाखा

१०

नेपाल बगंलादेश बैंक

२३ जिल्ला ४० शाखा

११

कुमारी बैंक

२१ जिल्ला ३६ शाखा

१२

देव: विकास बैंक

११ जिल्ला ३६ शाखा

१३

ओम डेभलपमेण्ट बैंक

१२ जिल्ला २९ शाखा

१४

नेपाल इनभेष्टमेण्ट बैंक

२८ जिल्ला ४६ शाखा

१५

नेपाल बैंक

२३ जिल्ला ४० शाखा

१६

१६

एन एमबी बैंक

२९ जिल्ला ७१ शाखा

१७

मेगा बैंक

२६ जिल्ला ४० शाखा

१८

टुरिजम डेभलपमेण्ट बैंक

१२ जिल्ला १५ शाखा

१९

यति डेभलपमेण्ट बैंक

१८ जिल्ला २५ शाखा

२०

ग्लोवल आइएमई बैक

३५ जिल्ला ९१ शाखा

२१

बैंक अफ काठमाडौं लुम्विनी

२८ जिल्ला ७४ शाखा

२२

प्राइम कमर्सियल बैंक

१७ जिल्ला ३१ शाखा

२३

सिद्धार्थ डेभलपमेण्ट बैंक

१६ जिल्ला ३३ शाखा

२४

महालक्ष्मी विकास बैक

२१ जिल्ला ४० शाखा

२५

एनसीसी बैक

३४ जिल्ला ९६ शाखा

२६

ज्योती विकास बैक

१५ जिल्ला २९ शाखा

२७

सिभिल बैंक

२६ जिल्ला ५१ शाखा

२८

नबिल बैंक

२५ जिल्ला ५२ शाखा

२९

जनता बैंक

२७ जिल्ला ४० शाखा

३०

माछापुच्छ्रे बैंक

३० जिल्ला ५७ शाखा

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.