|

कास्की : कास्कीका नेकपाको चुनावी सभास्थलनजिकै बम विस्फोट भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका उच्च नेताहरु सहभागी प्रदर्शनी केन्द्रस्थित चुनावी सभास्थलबाट करिब एक सय मिटर पर बम विस्फोट भएको हो। 

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार विस्फोटमा तीनजना साधरण घाइते भएका छन्। विस्फोटपछि अहिले सभास्थल आसपासको क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालित गरिएको छ। प्रहरीले तालिमप्राप्त कुकुर पनि ल्याउने तयारी गरेको छ। 

कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका लागि हुन लागेको उपनिर्वाचनको मौनअवधि सुरु हुनुअघि आफ्नो पार्टीकी उम्मेदवार विद्या

भट्टराईलाई जिताउन अध्यक्ष प्रचण्ड, संसदीय दलका उपनेता सुवास नेम्बाङ, संगठन विभाग प्रमुख वामदेव गौतम र अर्का नेता खगराज अधिकारीसहतिका नेताहरु पुगेका छन्। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.