|
फाइल तस्विर

काठमाडौं : सामाजिक सुरक्षा कोषले आफ्ना योजना अघि सारेको एक वर्षको अवधिमा जम्मा १० हजार ४७७ रोजगारदाता र एक लाख १५ हजार ६०६ जना योगदानकर्ता सूचीकृत भएका छन्। यो तथ्यांक दोस्रो सामाजिक सुरक्षा दिवस मनाउँदाको दिन (बुधबार) सम्मको हो। 

राष्ट्रिय तथ्यांक विभागको तथ्यांकअनुसार नौ लाख प्रतिष्ठानहरू दर्ता भएका छन्। तर त्यसमध्ये १.१६ प्रतिशत सूचीकृत भएका छन्। सबै चालु अवस्थामा नभएकोक कारण यति ठूलो परिणाम देखिए पनि मुख्यतया रोजगारदाताहरू सूचीकृत हुने क्रममा रहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। 

निवर्तमान श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले एक महिनाअघि सूचीकरण हुने एक महिनाको म्याद थप्ने क्रममा एक महिनाको अवधिमा कम्तीमा तीन लाख रोजगारदाता सूचीकृत हुनसक्ने जनाएका थिए। तर, एक महिनाको अवधिमा करिब १४ हजार योगदानकर्ता र दुई हजार रोजगारदाता सूचीकृत भएका छन्। 

त्यस्तै, योगदानकर्ताको अर्को महिनाको समेत योगदान रकम जम्मा भएको र नयाँ थपिएको समेत गरी १८ करोड १३ लाख रुपैयाँ  योगदान रकम जम्मा भएको छ। यस हिसाबले एक महिनामा योगदान रकम भने करिब ११ करोड रुपैयाँले बढेको देखिएको छ। अहिलेसम्म सूचीकृत रोजगारदाताका योगदानकर्तामध्ये २५ प्रतिशत १० रोजगार दाताको रहेको छ।

यी हुन् ३० हजारलाई रोजगारी दिने १० प्रतिष्ठान

रोजगारदाता संस्थाको नाम

योगदान कर्ताको संख्या

गरुण सेक्युरिटिज प्रालि

९८८२

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेड

४१६३

जिपोरएस सेक्युरिटी प्रालि

३७९८

जिफोर सेक्युरिटी प्रालि

२७८३

इन्फाटेक सर्भिसेज प्रालि

२३३१

सिजी फुड्स नेपाल प्रालि

१७६८

त्रिवेणी स्पेनिङ मिल्स

१६६७

जगदम्बा स्टिल

१४९२

किरण सुज

१४८८

नोबेल मेडिकल कलेज

११९९

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.