|

रौतहट : सरकारी कर्मचारी र भूमाफिया मिलेर सिंगै बस्ती रहेको करिब ४ बिघा जग्गा व्यक्तिका नाममा नामसारी गराएका छन्। भूमाफियाले नक्कली कागजात बनाई लक्ष्मिनिया–२, विजयपुरको जग्गा अर्कैको नाममा नामसारी गरेका हुन्, जसमा एउटा बस्ती नै छ।

विजयपुरको बित्ता नम्बर १०८ र २४६ को १ बिघा ९ कठ्ठा १३ धुर जग्गा कर्मचारीको मिलेमतोमा भूमाफियाले नवलकिशोर यादवको नाममा पास गराएका छन्। बस्तीसहितको २ बिघा ८ कठ्ठा जग्गा भने जिल्ला प्रशासनले तत्कालका लागि रोक्का गरेको छ।

२०३६ सालमा जिल्लाकै फतुवा–हर्षाहा गाउँका ८७ घरधुरी बाढीपीतिलाई तत्कालीन जिल्ला पञ्चायतले विजयपुरमा बसाएको थियो। भारत, कोलकाताका जयन्तकृष्ण मैत्रका नाममा रहेको हदबन्दीभन्दा बढी जग्गा राष्ट्रियकरण गरी तत्कालीन सरकारले बाढीप्रभावितलाई उपलब्ध गराएको थियो।

वषौंंदेखि उपभोग गरिरहेको घरघडेरी  खाली गर्नुपर्यो भन्दै अपरिचित व्यक्तिले धम्क्याउन थालेपछि गाउँ नै त्रस्त छ। बाढीप्रभावितलाई संधैका लागि पुनर्वास गरिए पनि भूमाफियाका चलखेलका कारण आफूहरूको बिचल्ली भएको स्थानीयवासीले बताए।
-नागरिक दैनिकबाट

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.