|
फाेटाे : महानगरीय प्रहरी बृत्त, थानकोट

काठमाडौं : बाग्लुङबाट काठमाडौं ल्याउदै गरिएको साढे आठ किलो चरेससहित एक जनालाई मंगलबार बिहान प्रहरीले नांगढुगाबाट पक्राउ गरेको छ। प्रहरीले चरेस ल्याउँदै गरेका बाग्लुङ अर्घाल घर भएका ५० वर्षीय जुद्ध बनलाई पक्राउ गरेको हो। 

महानगरीय प्रहरी बृत्त, थानकोटको प्रहरी टोलीले  नियमित चेकजाँचको क्रममा चरेस फेला परेको थानकोटका डिएसपी कृष्ण पंगेनीले जानकारी दिए। ग १ ख ३६७८ नम्बरको बसमा बोरामा प्याक गरेर ल्याइएको अवस्थामा चरेश बरामद भएको उनले बताए।

‘चरेसको गन्ध नआओस् भनेर प्लाष्टिक कोट गरी बोरामा हालेर डिक्कीमा लुकाएर ल्याँउदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको हो’ डिएसपी पंगेनीले भने ‘कारोबारी नै हुनसक्ने देखेर थप अनुसन्धान गरिरहेका छौं।’ 

पक्राउ परेका बमले आफूले २० हजार रुपैयाँमा पाउने भएपछि चरेस ल्याएको बताए पनि उनी नियमित रुपमा चरेस ओसारपसारमा संलग्न भएको प्रारम्भिक अनुसन्धानमा खुलेको पनि उनले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.