|

प्यूठान : प्यूठानको प्यूठान नगरपालिका २ ऐरावती गाउँपालिका १ र वडा नं. २ मा उपनिर्वाचन मतदान सकिएको छ।

बिहान ७ बजेदेखि शुरु भएको मतदान ५ बवे सकिएको हो। भयरहीत, शान्तिपूर्ण र निष्पक्ष रुपमा मतदान गरिएको निर्वाचन अधिकारीहरूले जनाएका छन्। जिल्लाका तीन वटा वडाका अध्यक्षका लागि भएको उपनिर्वाचनमा  ६६ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत विष्णु गौतमले जानकारी दिए।

ऐरावती गाउँपालिकाका १ मा २ हजार ५४५ जना मतदाता रहेकोमा १ हजार ४१२ मत खसेको छ। वडा नं. २ मा २ हजार ७८० मतदाता रहेकामा १ हजार ७४६ मत खसेको छ। त्यसैगरी प्यूठान नगरपालिका २ मा ३ हजार २१ मतदाता रहेकोमा  १ हजार ९९५ जना मतदाताले मतदान गरेका हुन्। 

ऐरावती गाउँपालिका २ का अध्यक्ष जिल्ला समन्वय समितिको प्रमुख र वडा नं. १ का अध्यक्ष जिल्ला समन्वय समितिकै उपप्रमुखमा निर्वाचित भएपछि उपनिर्वाचन भएको हो भने प्यूठान न.पा वडा नं. २ का अध्यक्ष खिमबहादुर विष्टको निधन भएकाले उप–निर्वाचन भएको हो।

प्यूठान नगरपालिका २ मा मतगणना शनिबार र अन्य दुई वटाको आइतबार मतगणना हुने मतदान अधिकृतले जनाएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.