|

अर्घाखाँची : ट्याक्टरको ठक्करबाट अर्घाखाँचीको सन्धिखर्क ६ नरपानी जगतका ७ बर्षिय गोकुल थापाको मृत्यु भएको छ। 

सन्धिखर्कबाट रतले तर्फ जादै गरेको लु ३ त १८१८ नम्बरको ट्याक्टरले शनिबार साँझ रतलेमा ठक्कर दिएपछी गम्भिर घाईते भएका थापाको उपचारको क्रममा चौराहा अस्पताल प्राली बुटवलमा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। उनिसँगै रहेका भुमिकास्थान नगरपालीका ६ खिल्जीका ८ वर्षीय अनुराग जिसी गम्भीर घाइते भएका छन्। 

जिसीको भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको बताइएको छ। ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटना बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.