|

जनकपुरधाम : धनुषाधाम नगरपालिकामा मंगलबार ट्याक्टर पल्टिँदा तीन जनाको मृत्यु भएको छ। धनुषाधाम नगरपालिका १ इनर्वामा ज १ त २६५९ नम्बरको ट्याक्टर सडकबाट २० फिट तल खस्दा चालक सहित ३ जनाको मृत्यु भएको हो।

अनियन्त्रित भएर ट्याक्टर पल्टिँदा चालक धनुषाधाम नगरपालिका १ गोबिन्दपुरका २५ बर्षीय श्रीनारायण सदा, ट्याक्टरमा सवार सिरहा गोलबजारकी २२ बर्षीया निजनी खातुन र उनको डेढ बर्षीय छोरा सेहन खातुनको च्यापिएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

तीनै जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरी निरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.