|

पोखरा : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पोखरामा भएको ट्रायथोलनको ईलाइट स्प्रिन्टमा नेपालकी सोनी गुरुङले स्वर्ण पदक जित्न सफल भएकी छन्। 

महिला ट्रायथोलनको पौडीमा तेस्रो बनेकी सोनी साइक्लिङमा दोस्रो बनेकी थिइन्। यस्तै दौडमा पहिलो हुँदै सोलीले स्वर्ण जितेकी हुन्। 

यो स्पर्धामा रजत र कास्य पदक भारतले जितेको छ। सागमा ट्रायथोलनबाट नेपालले जितेको यो पहिलो स्वर्ण पदक हो। पुरुषतर्फ नेपालका वसन्त थारुले कास्य पदक जितेका छन्। स्वर्ण र रजत दुवै पदक भारतीय खेलाडीको पोल्टामा गयो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.