|
फोटो : शिला तिम्सिना

काठमाडौं : नेपालले १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) खेलकुद प्रतियोगिता अन्तर्गत कराँतेतर्फ तेस्रो स्वर्ण पदक जितेको छ। 

नेपालका लागि मण्डेकाजी श्रेष्ठ, प्रविण मानन्धर र महसुस तामाङले कराँतेको टिम कातातर्फ स्वर्ण पदक जित्न सफल भएका हुन्। यसअघि नेपालल कराँतेमा २ र तेक्वान्दोमा २ स्वर्ण पदक जितिसकेको छ। 

यसअघि सातदोबाटोस्थित हलमा नेपाली महिला टोलीले कराँतेबाटै स्वर्ण पदक जितेको थियो। नेपाली टिमका लागि निर्मला तामाङ, संगीता मगर र सरु कार्कीले स्वर्ण जिताएका हुन्।

त्यसैगरि पोखरामा भएको ट्रायथोलनको ईलाइट स्प्रिन्टमा नेपालकी सोनी गुरुङले स्वर्ण पदक जित्न सफल भएकी छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.