दुई छोराकी आमा आयशाको उस्तै लय

|

काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत सोमबार भएका प्रतिस्पर्धामा नेपालका दुई खेलाडीले व्यक्तिगत दुई-दुई स्वर्ण पदक जितेका छन्। 

 तेक्‍वान्दोतर्फ नेपालकी भेट्रान खेलाडी आयशा शाक्यले दुईवटा स्वर्ण पदक जितेकी छिन्। उनले आयशाले २९ वर्षमाथि उमेर समूहको पुम्से महिला एकलतर्फ स्वर्ण जितेकी हुन्। 

तेक्‍वान्दोतर्फ नेपालका लागि आयशाले अर्को स्वर्ण पदक पनि दिलाइन्। तेक्‍वान्दोको पुम्से जोडीतर्फबाट आयशाले सञ्जीवकुमार ओझासँग मिलेर स्वर्ण पदक जितेकी हुन्। योसँगै तेक्‍वान्दोबाट नेपालले एकै दिन सातवटा स्वर्ण पदक जितेको छ। 

मण्डेकाजीले जिते दुई स्वर्ण

साग खेलकुद प्रतियोगिता अन्तर्गत कराँतेतर्फको स्पर्धामा मण्डेकाजी श्रेष्ठले एकै दिन दुई स्वर्ण पदक जितेका छन्। मण्डेकाजी श्रेष्ठले कराँतेतर्फ नेपाललाई पहिलो स्वर्ण पदक जिताएका हुन्। 

सातदोबाटोस्थित कराँते हलमा सोमबार करातेको व्यक्तिगत पुरुष एकल कातामा मण्डेले स्वर्ण जितेका हुन्।  मण्डेले पाकिस्तानका निएमातुल्हालाई हराउँदै स्वर्ण जितेका हुन्। मण्डेले २५.७२ अंक जोडेका हुन् भने पाकिस्तानका खेलाडीले २४.९२ अंक जोडेर रजतमा सीमित भए।

त्यसैगरी उनले अर्को स्पर्धामा पनि स्वर्ण जिते। नेपालका लागि मण्डेकाजी श्रेष्ठ, प्रविण मानन्धर र महसुस तामाङले कराँतेको टिम कातातर्फ स्वर्ण पदक जित्न सफल भएका हुन्। 

दुई सन्तानकी आमा

दुई छोराकी आमा आयशा कीर्तिमानी खेलाडी दिपक विष्टकी श्रीमतीसमेत हुन्। तेक्‍वान्दोका विष्ट साग प्रतियोगितामा सबभन्दा सफल खेलाडी हुन्। 

ओलम्पियन विष्टले आठौं, नवौं, दशौं, र एघारौं सागमा स्वर्ण पदक जितेका थिए। श्रीलंकामा सम्पन्‍न दशौं सागमा आयशाले ५९ केजी तौल समूहमा रजत पदक जितेकी थिइन्। 

यस्तौ कतारमा भएको १५ औं एसियाली खेलकुदमा ५९ केजी तौल समूहबाटै उनले कास्यहात पारेकी थिइन्। आयशाले कोरियामा आयोजित फस्ट वर्ल्ड तेक्‍वान्दो कल्चर एक्सपोमा पनि कास्य पदक जितेकी थिइन्। आमा बनेपछि केही वर्षको अन्तरालमा उनले फेरि तेक्‍वान्दो खेल्न थालेकी थिइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.