खड्गीको लोगो उत्कृष्ट

|

काठमाडौं : सातौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०२० को लोगो सार्वजनीक गरिएको छ।

ओलम्पियाडको पूर्वतयारीस्वरूप यहि मंसिर ४ गतेसम्म लोगो आह्वान गरिएको थियो। जसमा ललितपुर निवासी सुनिल खड्गीको लोगो उत्कृष्ट भएको नेपाल एस्ट्रोनोमी सोसाइटी (नासो)ले जनाएको छ। प्रतियोगितामा कुल १०५ लोगो प्राप्त भएकोमा खड्गीको लोगो उत्कृष्ट भएको हो।

विजेता खड्कीले नगद ५ हजार तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। उक्त लोगो ’सातौं राष्ट्रीय एस्ट्रोनोमी ओलम्पियड २०२०’ को औपचारिक लोगो रहने नासोका अध्यक्ष सुरेश भट्ठराईले जानकारी दिए।

राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियडसम्बधी नेपाली समाजमा जनचेतना कार्यक्रमअन्तर्गत सन् २०१३ देखि प्रत्येक वर्ष लोगो प्रतियोगिता आयोजना गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.