|

काठमाडौं : सरकारले भूकम्पपीडितलाई निजी आवास निर्माणका लागि दोस्रो किस्ताबापत डेढलाख रुपैयाँ वितरण बुधबारदेखि सुरु गर्ने भएको छ। पहिलो किस्तामा ५० हजार अनुदान लिई घरको जग निर्माण सकेर प्राविधिक जाँच पास गराएका पीडितले दोस्रो किस्ताको रकम पाउनेछन्।

राष्ट्रिय पुर्निर्माण प्राधिकरणले पहिलो चरणमा मकवानपुर र सिन्धुलीका पीडितलाई दोस्रो किस्ताको डेढ लाख वितरण बुधबार सुरु गर्ने जनाएको हो। मकवानपुर र सिन्धुलीबाट सिफारिस भएका झण्डै ३ सय पीडितलाई रकम वितरण गरिने प्राधिकरणका सहप्रवक्ता डा. भीष्म भुसालले जानकारी दिए।

'दोस्रो किस्ताको रकम वितरण सुरु भयो,' उनले भने- 'घर निर्माण अगाडि बढाएर प्राविधिक जाँच भई सिफारिसमा आएकालाई क्रमश: रकम वितरण गर्दै जान्छौँ।'

- नागरिक दैनिकबाट

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.