|

चितवन : चण्डिभञ्याङ गाविस–५मा गएराति तेल बोकेको ट्यांकर त्रिशुली नदीमा खस्दा चालक बेपत्ता भएका छन्। काठमाडौंबाट नारायणगढ आउँदै गरेको ना ४ ख ४१४३ नम्बरको तेल ट्यांकर मुग्लिन–नारायणगढ सडकबाट त्रिशुलीमा खस्दा चालक २६ वर्षीय उमेश तामाङ बेपत्ता भएका भएका हुन्। 

ट्यांकरमा सवार सहचालक बारा अमलेखगजका २० वर्षीय प्रदीप लामाको भरतपुर मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ। ट्यांकर त्रिशुली नदीबाट ट्यांकर निकाल्ने प्रयास जारी रहेको प्रहरीले जनाएको छ। घटनास्थल मुग्लिनबाट करिब २ किलोमिटर नारायणगढतर्फ पर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.