|

बागलुङ : निर्माणधीन मध्यपहाडी लोकमार्गमा खसेको सुख्खा पहिरोका कारण बागलुङको बुर्तिबाङ-निसीखोला सडक अवरुद्ध भएको छ। लोकमार्गको निसिखोला गाउँपालिका-२ खाडुमा सुख्खा पहिरो खसेको हो।

सुख्खा पहिरोको कारण केही सडक पुरिएको निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले जानकारी दिए। पहिरोका कारण निसीखोला केही समय थुनिएको भए पनि पछि खोला सामान्य गतिमा बग्न थालेको छ। अध्यक्ष पौडेलले सुख्खा पहिरो खसिरहेका कारण लोकमार्ग खुलाउन समस्या भएको बताए।

‘पहिरो खसिरहेकै छ मेसिन लगाएर खुलाउन जोखिम छ’ पौडेलले भने ‘जमिनको अबस्था अध्ययन गरेर बाटो खुलाउने प्रयासमा छौँ।’ पहिरोबाट कुनै मानवीय क्षति नभएको उनले बताए।

बिहीबार बिहान लोकमार्ग खुलाउने गरी लोकमार्गका आयोजनाका प्रतिनिधिसँग छलफल भएका पौडेलले जानकारी दिए। लोकमार्ग अवरुद्धसँगै आवतजावतमा समस्या भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.