|

  • अर्जुन बोहरा    

हुम्ला : सदरमुकाम सिमकोट लगायतका क्षेत्रमा धारामा नै बरफ जम्न थालेपछि खानेपानीको अभाव भएको छ। हिमपातसँगै तापक्रम माइनस १५ डिग्रीमा झरेकाले खानेपानी धारामै जमेको सिमकोट–८, निवासी मिगुर लामाले बताए। नजकिको धारामा पानी जमेकाले खानेपानीका लागि निकै टाढाटाढा पुग्नुपर्ने बाध्यता रहेको उनले बताए। 

पाइपलाइन थोरैमात्र गाडेको ठाउँमा पाइपमा नै पानी जम्ने गरेको लामाले जानकारी दिए। पाइपलाइन नजिक आगो बालेपछिमात्र धाराबाट पानी चुहिन्छ।
सिमकोटसहित आसपासका क्षेत्रमा पानीको निकै समस्या परेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक कमलप्रसाद नेपालले जानकारी दिए।
सिमकोटमा निजी तथा सार्वजनिक गरी ४ सय ८५ धारा रहेकोमा करिब ३ सयवटा धारामा पानी आउन छाडेको सिमकोट खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष कर्ण भण्डारीले जानकारी दिए।

हिउँद लागेसँगै मुहानमा पानी कम भएको र भएको पानी पनि भारी हिमपातका कारण पाइपमै जमेको उनको भनाइ छ।

सिमकोटमा यसपटक गत वर्षभन्दा बढी चिसो छ। तापक्रम माइनस १५ डिग्रीसम्म झर्ने गरेकाले समस्या भएको समिति सदस्य लोकमणि रावतले बताए। यस क्षेत्रका बासिन्दाले अहिले परम्परागत मुगाधाराबाट ल्याएको पानीले गुजारा चलाइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.