|

काठमाडौं : संगीतकार रञ्जित गजमेर र गायक जगतमर्दन थापालाई स्वरसम्राट स्मृति सम्मान २०७६ बाट सम्मानित गरिएको छ।

स्वरसम्राट नारायण गोपालको २९ औें स्मृति दिवसका अवसरमा नारायण गोपाल संगीत कोषले गजमेर र थापालाई जनही २५ हजार नगद र सम्मानपत्रसहित सम्मानित गरेको हो। थापालाई सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सम्मानपत्र हस्तान्तरण गरेका थिए। गजमेर कार्यक्रमका अनुपस्थित थिए। उनी काम विशेषले बाहिर भएकाले कार्यक्रममा अनुपस्थित रहेको कोषले जनाएको छ।

कार्यक्रममा बोल्दै राज्यमन्त्री मानन्धरले स्वरसम्राट नारायण गोपालको स्मृतिसभामा सहभागि हुन पाउनु आफ्नो सौभाग्य भएको बताए। सुख र दुःखमा मात्रै नभएर फुर्सद मिलाएर जुनसुकै समयमा पनि मन्त्रालयमा भेट्न आउन अनुरोध गर्दै उनले घरपरिवारको बीचमा गाह्रो हुँदासमेत सम्झिन आगह गरे।

कोषको नयाँ निर्माण हुने भवनको शिलान्याससमेत गरिएको छ। महानगरका प्रमुख शाक्यले भवनको शिलान्यास गरेका हुन्। कालजयी गीतका सर्जक तथा जादुमय स्वरका धनी स्वरसम्राट नारायणगोपालको जन्म बुबा आशगोपाल गुरुवाचार्य र आमा रामदेवी गुरुवाचार्यको कोखबाट १९९६ असोज १८ गते काठमाडौंमा भएको थियो।

उनको विसं २०४७ मंसिर १९ गते ५१ वर्षको उमेरमा निधन भयो। नेपाली सांगीतिक क्षेत्रमा गहिरो प्रभाव छाडेर संसारबाट बिदा भएका स्वरसम्राट अहिले पनि जनजनको मनमनमा जीवन्त छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.