काठमाडौैं : '१० औँ एफक्यान' अवार्ड रेडियो थाहासंचार नेटवर्क ९९.४ ले प्राप्त गरेको छ। नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) ले शुक्रबार विशेष कार्यक्रमबीच 'अवार्ड' विजेता संस्था तथा व्यक्तिलाई सम्मान गरेको हो।
विभिन्न ३६ विधाका अवार्ड छनोट गरिएकोमा थाहा संचार नेटवर्कलाई 'मस्ट सपोर्टिभ रेडियो नेटवर्क' का रुपमा अवार्ड दिइएको हो। निर्माण क्षेत्रका समाचारमा विशेष चासो र प्राथमिकता दिएकोमा संचार क्षेत्रमा चार विधामा अवार्ड दिइएको थियो। जसमा पत्रिकातर्फ समाचार दैनिक, अनलाइनतर्फ क्यापिटल नेपाल र टेलिभिजनमा जनता टेलिभिजन रहेका छन्। त्यस्तै पत्रकारहरूमध्येबाट न्युज ट्वान्टिफोरका नवाराज चालिसेलाई पनि अवार्ड दिइएको थियो।
एफक्यानले हरेक वर्ष विभिन्न ३६ विधाका उत्कृष्ठलाई अवार्ड प्रदान गर्दै आएको छ। यस वर्ष भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङको उपस्थितिमा अवार्ड वितरण गरिएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।