पाकिस्तान र चीनका अधिकारीहरुले एकैदिन श्रीलङ्काका नवनियुक्त राष्ट्रपति गोटाभाया राजापाक्षेलाई भेटेपछि भारत बेचैन देखिएको छ।
दक्षिण एसियाली व्यवस्थाको प्रमुख राष्ट्र पाकिस्तान र यो क्षेत्रमा प्रभुत्व बढाइरहेको अर्को छिमेकी राष्ट्र चीनका अधिकारीहरु किन एकै दिन कोलोम्बो पुगे भन्नेबारे भारतीय मिडियाहरुले अनेक अड्कल काटेका छन्।
पाकिस्तानी र चीनियाँ अधिकारीहरुको श्रीलङ्का भ्रमण संयोगवश भएकाे हो या दुवै मिलेर यस्तो रणनीति बनाए भन्ने अझै खुलिसकेको छैन। कोलोम्बोमा पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशी र चीनियाँ अधिकारीहरु एकैसाथ पुगेको पुष्टि भईसकेको छ।
चीनियाँ विशेष प्रतिनीधि व्हु जियाङ्गहोसँग श्रीलङ्काका प्रधानमन्त्री राजापाक्ष ।
पाकिस्तान र चीनले श्रीलङ्कासँगको सम्बन्धलाई निकै महत्व दिने गर्छन। दुवै मुलुकका अधिकारीहरुले श्रीलङ्काका राष्ट्रपति गोटाभायालाई आ–आफ्नो देशमा भ्रमणका लागि निम्तो दिएका छन्।
श्रीलङ्कामा एकैसाथ पाकिस्तान र चीन उभिँदा भारत निकै अत्ताल्लिएको बीबीसी हिन्दीमा उल्लेख छ। श्रीलङ्कामा लामो समयदेखि करिब निरन्तर सत्ता चलाइरहेको राजापाक्षे परिवारले इस्लामाबाद र बेइजिङ्गसँग राम्रो सम्बन्ध बनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।