|

काठमाडौं : पौडीबाट एकलतर्फ गौरिका सिंहले तीन स्वर्ण र एक रजत जितिसकेकी छन्। पौडीबाटै अर्की 'जलपरी' डुवाना लामाले रजत पदक जित्न सफल भएकी छन्। 

सातदोबाटोस्थित पौडी पोखरीमा आइतवार भएको २०० मिटर बटरफ्लाईमा डुवानाले रजत पदक जितेकी हुन्। उनले २ मिनेट ३३.१६ सेकेण्डको समय निकालिन्। 

यो स्पर्धामा भारतकी अपेक्षा फर्नान्डेजले २ मिनेट २१.८३ सेकेन्डको सयम निकाल्दै स्वर्ण पदक जितेकी छन्। त्यसैगरी यो स्पर्धामा बंगलादेशकी जुनैना अहमेदले २ मिनेट ३३.७५ सेकेण्डको समयसहित कास्य पदक जितेकी छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.