|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले वैज्ञानिक समाजवाद स्थापना गरी साम्यवादको दिशातर्फ अघि बढ्न विधान संशोधन गर्दै कार्यदिशा तय गरेको छ। 

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा सोमबार बसेको नेकपा सचिवालय बैठकले पार्टीको विधान संशोधन गर्दै कार्यदिशा परिवर्तन गर्ने निर्णय गरेको हो। यो प्रस्ताव स्थायी कमिटीले पारित गरेपछि तत्काल लागु हुने खबर राजधानी दैनिकमा छापिएको छ। 

तत्कालिन एमाले र माओवादी केन्द्रका बीचमा पार्टी एकीकरणपश्चात बनेको नेकपाको पार्टी कार्यदिशा विषयमा बहस हुँदै आएको थियो। यसअघि नेकपाको मार्गदर्शक सिद्धान्त माक्र्सवाद, लेनिनवाद र कार्यदिशा समाजवाद उन्मुख जनताको जनवाद राखिएको थियो।

मार्गदर्शक सिद्धान्त पुरानै राखी कार्यदिशा मात्रै परिवर्तन गर्ने निर्णय भएको सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.