|

बेलायतीहरुले आज आम निर्वाचनमा मतदान गर्दैछन। राजनीतिक अस्थिरताका कारण बेलायतमा पाँच बर्षभित्रै तेस्रो पटक आमनिर्वाचन भएको हो। इङ्गल्याण्ड, वेल्स, स्कटल्याण्ड र उत्तरी आयरल्याण्डमा अहिले बिहान सात बजेदेखि मतदान हुँदैछ। यो आम निर्वाचनमार्फत ६५० प्रतिनिधिहरु चुनिनेछन्।

शुक्रबार बिहानबाट मतदान परिणाम आउने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।पहिलो हुने निर्वाचित प्रणालीअन्तर्गत धेरै मत ल्याउने उम्मेदवारहरु नै जनप्रतिनिधिका रुपमा चुनिनेछन्। 

बेलायतमा सामान्यतयाः चार या पाँच बर्षमा आम निर्वाचन हुने गर्छ । तर राजनीतिक अस्थिरताका कारण ७ मे २०१५ र ८ जुन २०१७ मा बेलायतीले आमनिर्वाचनमा मतदान गरिसकेका छन्। पाँच बर्षको अवधिमा यो तेस्रो पटक हुँदै गरेको चुनाव हो। 

युरोपेली संघ (इयु) बाट बाहिरिने (ब्रेक्जिट) सवालमा बेलायतभित्र सत्ता–अस्थिरता देखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.