विचार

विश्वमा अमेरिका, हाम्रोमा भारत

मंसिर २९, २०७६

    उमेरको अर्थ राजनीतिमा पनि हुन्छ। ‘प्रजातन्त्र’ पूर्णरूपमा स्थापित भइसकेको भनिएका, अमेरिका र भारत यी दुवै राष्ट्र अहिले अप्ठेरोमा छन्। अमेरिकाका श्रीमान् राष्ट्रपति ट्रम्प र भारतका माननीय प्रधानमन्त्री श्रीमान् मोदी दुवै बुढा भएका छन्। त्यसैले दुवैजना अण्टसण्ट बोल्छन्। आफ्नै मुलुकभित्र चौतर्फी विरोध हुन थाल्दा कुरो बटार्छन्। ट्रम्प राष्ट्रपति भएपछि गोरा बाहेकका आप्रवासीको सातो नै गएको थियो।

    यता, भारतमा पनि एक चौथाई भन्दा लामो समयदेखि सुतिरहेको मुद्दालाई भारतीय पक्षले शत्रुताको विन्दुमा ल्याएर उभ्याइदियो। अहिले ती मुलुकमा अशान्ति र असहिष्णुता बढेको छ। आफ्नो समस्यालाई समाधान गर्नेभन्दा ती वृद्ध नायकहरू मूलसमस्याबाट नागरिकको सोचलाई अन्ततिर मोडन बेढङगका काम गर्ने गर्छन्। काश्मिरको समस्यालाई बलपूर्वक समाधान गर्ने काम गरेर भारतले एकैचोटि तीन देशलाई झस्काउने काम गर्‍यो। चीन पनि लद्दाखलाई अक्साइचीन भनेर वार्ताबाट समस्या समाधान गरौंला भनेर बसेकै थियो। कालापानी हाम्रै हो भनेर हामी पनि बसिरहेकै थियौँ।

    पाकिस्तानसँग सम्‍बन्ध सुधार्ने एउटा राम्रो अवसर पनि पाएको थियो भारतले। तर, त्यसलाई तिरस्कार गरेर भारतले पाकिस्तानसँगको सम्बन्ध सघैँभरिका लागि शत्रुतापूर्ण रहने सन्देश प्रवाहित गर्‍यो। अहिले नै लिम्पियाधुरा र कालापानी लुटिएको नक्सा किन जारी गरेको होला भारतले?

    पौने शताब्दी भइसक्यो उत्तर कोरियाले यो भुक्तमान खेपेको। तीन पुस्ता भइसक्यो कोरियाली जनताले, अमेरिकी साम्राज्यवादको नेतृत्वमा पुँजीवादी नाकाबन्दी भोगेको। रुसी राष्ट्रपति पुटिनले त्यसै भनेका होइन रहेछन् – ‘उत्तर कोरियाली जनतालाई कसैले निहुर्‍याउन सक्दैनन्। उनीहरू घाँस खाएर बाँच्न तयार छन्। तर, तिनीहरूको शिर निहुरिँदैन। यस्तो शान्त स्थितिमा श्रीमान् ट्रम्पलाई आगो चलाउन किन मन लाग्या होला !

    नेपालविद् भनिने अशोक मेहतादेखि उत्तराखण्डका मुख्यमन्त्रीसम्मको ज्ञानको पोल पनि खुल्यो। कालापानी सधैँ हाम्रै भूभाग हो भनेर हतारहतार किन बोल्नुपरेको थियो तिनले। मनमा लागेको कुरा फ्याट्ट बोल्नुअघि तिनीहरूकै सरकारले, सुगौली सन्धिपछि, आफ्नै देशको सरकारले जारी गरेको नक्सा पल्टाएर हेरेको भए तिनीहरूको फजिति हुँदैन थियो।

    तिनीहरूभन्दा राम्रो कुरो त एकजना युवाले पस्किएका थिए फेसबुकमा – नेपाल हाम्रो अनन्तकालदेखिको साथी हो भोलि पनि हामी सँगै रहने हो। यस्तो अवस्थामा कालापानी भारतको सामरिक समस्याको कारण, हामीलाई चाहिएको हो भनेर नेपालसँग ९९ वर्षको लिज सम्झौता गरे मित्रतामा चिसो पनि नआउने, काम पनि हुने देखिन्छ।’ यो हो समझदारीपूर्ण छलफलको बाटो।

    बुढा ट्रम्पको प्रजग कोरियासँगको वार्तालाई पनि यस्तै सन्दर्भमा बुझ्नु उचित हुन्छ। देशभित्र आफ्नो लोकप्रियता ओरालो लाग्‍न थालेपछि उनले कोरियन कार्ड खेलेका हुन्। तर, यसमा पनि उनको भागमा असफलता नै हात पर्‍यो। साना नाति किमले बाजे ट्रम्पलाई शस्त्र र शान्तिवार्ता दुवैमा हराइदिए। लडाइँ भने लडाइँ, वार्ता भने वार्ता। उत्तर कोरियाले अमेरिकालाई दुवै क्षेत्रमा चुनौती दियो तर अमेरिकाले नबोली सुमार्ग त्याग्यो।

    त्यसैले अहिले उत्तर कोरियाका सम्‍बन्धमा अमेरिका मौन छ। सानो देशका साना किमले ठूलो देशका बुढालाई – तिमीहरू केही नगर्ने, अनि हामीले एकतर्फी हिसाबले हाम्रा सशास्त्र नष्ट गर्ने? यो कहाँको कानुन हो? गर्ने भए बराबर, नगर्ने भए हामी आफ्नो बाटो लाग्यौँ है।

    वार्तामा जितेको उत्तर कोरिया हिँड्यो फेरि शस्त्रास्त्र परीक्षणमा। हारेपछि नाकाबन्दी लगाउने चलन अमेरिकामा पनि छ। तर उत्तर कोरियाका लागि नाकाबन्दी कुनै नयाँ मुद्दा होइन। पौने शताब्दी भइसक्यो उत्तर कोरियाले यो भुक्तमान खेपेको।

    तीन पुस्ता भइसक्यो कोरियाली जनताले, अमेरिकी साम्राज्यवादको नेतृत्वमा पुँजीवादी नाकाबन्दी भोगेको। रुसी राष्ट्रपति पुटिनले त्यसै भनेका होइन रहेछन् – ‘उत्तर कोरियाली जनतालाई कसैले निहुर्‍याउन सक्दैनन्। उनीहरू घाँस खाएर बाँच्न तयार छन्। तर, तिनीहरूको शिर निहुरिँदैन। यस्तो शान्त स्थितिमा श्रीमान् ट्रम्पलाई आगो चलाउन किन मन लाग्या होला !

    राष्ट्रवादको चर्को होहल्ला चलेको समय हो। हामी जस्ता राष्ट्रलाई त राष्ट्रियता सधैँभरि अस्तित्व रक्षाको विषय हुन्छ। तर, यतिबेलाको राष्ट्रवादको नायक अमेरिका बनेको छ। बेलायतको ब्रेक्जिटको जित पनि यस्तै राष्ट्रवादसँग जोडिन्छ। 

    अरूको कुरो किन गर्ने? नेपाल पनि अमेरिकाकै कारण अस्तव्‍यस्त भएको हो भन्ने सत्यको पोल अमेरिकाबाटै खुलेको छ। नारायणहिटी राजदरबार हत्याकाण्ड सि.आइ.ए. कै ‘डिजाइन’मा भएको थियो भन्ने तथ्य सहितको सत्य सबैभन्दा पहिले अमेरिकी पत्रकारले नै खोलिदिएका हुन्। अमेरिकाले दरबार हत्याकाण्ड मच्चाउने पैसाले ती घरबार नभएकाहरूको जीवनका लागि घर र खानपीनको व्‍यवस्था गरिदिन सक्थ्यो।

    माननीय प्रधानमन्त्री मोदीको हिन्दुस्तान सबैभन्दा बढी सिटको आधारमा प्रतिपक्षलाई मुसो ठानेर मनपरी गरिरहेछ घरभित्र। त्यसको जगमा पनि त्यही राष्ट्रवाद छ। भारतमा सरकारी बेवास्ताका कारण हजारौँ किसानहरूले आत्महत्या गरिरहेका छन्।

    तर, सरकारका लागि यो एउटा नियमित दुर्घटना मात्र जस्तो भएको छ। त्यसैले ऊ कहिले भुटानको उत्तरी सीमामा पुग्छ त कहिले नेपालको। तर दुःखको कुरा, जता हान्न खोज्‍यो उसको अगाडि चीन ठिंग उभिन आइहाल्छ।

    अमेरिकालाई साम्राज्यवाद भारतलाई विस्तारवाद भन्ने नेपाल कम्युनिष्ट पार्टीका निष्कर्ष सही रहेछ भन्ने सत्यको पुनरपुष्टि भएको समय हो यो। अमेरिकामा होमलेस (घरबारविहीन) छन्। माग्नेहरू पनि छन्।

    मरेपछि चिहान किन्न नसक्ने त कति हो कति छन्। तर, अमेरिकी सरकारलाई यसको कुनै चासो छैन। उसलाई त विश्व–सम्‍प्रभु बन्नका लागि बिना कारणको कोरिया चाहिन्छ। अमेरिकाका कारण यतिबेला हजारौं कोरियाली परिवार छिन्नभिन्न भएका छन्। 

    अमेरिका घर फर्किनेबित्तिकै कोरिया प्रायद्विपमा ‘एकीकरण, शान्ति र विकासको आरम्भ हुनेछ। यसले विश्वशान्तिमा सकारात्मक प्रभाव नै पार्नेछ। वर्तमानमा पनि अफगानिस्तान, इराक, सिरिया, लिबिया अमेरिकाकै कारण अस्तव्यस्त भएका छन्। दक्षिण अमेरिकालाई आफ्नै विर्ता ठान्छ।

    त्यहाँ वामपन्थी सरकार बन्नु भनेको अमेरिकाको नाकमा दुर्गन्ध गनाउनु हो। ठाडै धम्की नै पो दिन्छ ए ! दक्षिण अमेरिकामा कू गराउने काममा अमेरिका सधैं लागिरहन्छ। तर अमेरिकाको दुर्भाग्य ! चुनावमा वामपन्थीको जित भएको भयै छ।

    अरूको कुरो किन गर्ने? नेपाल पनि अमेरिकाकै कारण अस्तव्‍यस्त भएको हो भन्ने सत्यको पोल अमेरिकाबाटै खुलेको छ। नारायणहिटी राजदरबार हत्याकाण्ड सि.आइ.ए. कै ‘डिजाइन’मा भएको थियो भन्ने तथ्य सहितको सत्य सबैभन्दा पहिले अमेरिकी पत्रकारले नै खोलिदिएका हुन्।

    अमेरिकाले दरबार हत्याकाण्ड मच्चाउने पैसाले ती घरबार नभएकाहरूको जीवनका लागि घर र खानपीनको व्‍यवस्था गरिदिन सक्थ्यो। त्यसैले भन्नुपर्छ विश्वमा संयुक्त राज्य अमेरिका भन्ने मुलुक हुँदैनथ्यो भने विश्व यतिबेला सुख, शान्ति, समृद्धिकोे दिशामा धेरै अघि बढिसक्थ्यो।

    दक्षिण एसियाको हालत पनि त्यस्तै छ। भारतीय भूमिमा खान नपाएर किसानहरू आत्महत्या गरिरहेछन्, तर भारत जबरजस्ती अर्काको भूमि खोस्ने कोसिस गरिरहेछ। दक्षिण एसियामा पनि भारत नभैदिएको भए हामीले यसरी अनावश्यक कष्ट भोग्नु पर्ने थिएन।

प्रदीप नेपाल

नेकपाका नेता प्रदीप नेपाल राजनीतिसँगै साहित्य रचनामासमेत क्रियाशील छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]