|

काठमाडौं : सरकारले जेठभित्र निर्वाचन गर्नका लागि केही दिन भित्रमा मिति घोषणा गर्ने तयारी गरेको छ। बिहीबारको मन्त्रिपरिषद बैठकले निर्वाचनको घोषणा गर्न राजनीतिक दलहरुसँग सहमति खोज्ने र निर्वाचन सम्बन्धी विधेयकहरु फास्ट ट्र्याकबाट अघि बढाउने सहमति गरेको छ।

कानुनमन्त्री अजय शंकर नायक निकट श्रोतका अनुसार मन्त्रिपरिषद बैठकमा निर्वाचन सम्बन्धी विधेयक कुन कुन ठाउँमा रोकिएका छन् त्यसको खोजी गरेर तत्काल पारित गराउने विषयमा छलफल भएको छ।

अघिल्लो हप्ता संसदमा पेश भएको निर्वाचन सम्बन्धी दुईवटा विधेयक छलफलका लागि फेरि संसदको राज्य व्यवस्था समितिमा पठाइएको छ भने अर्को एक विधेयक पनि राज्य व्यवस्था समितिमा छलफलकै क्रममा रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.