|

काठमाडौं : रेडियो नेपालको कार्यकारी निर्देशकमा सुरेशकुमार कार्की नियुक्त भएका छन्। मन्त्रिपरिषद्को बिहीबारको बैठकले कार्कीलाई ४ वर्षे कार्यकालका लागि पुनः नियुक्ति दिने निर्णय गरेको हो। उनको कार्यकाल गत मंसिरमा सकिएको थियो।

बैठकले नेपाली सेनाका प्राविधिक प्रमुख सेनानी खुमबहादुर कुँवरलाई प्राविधिक महासेनानीमा बढुवा गरेको छ। यसैगरी विश्व बैंकले उपलब्ध गराउने १६ अर्ब २७ करोड ऋण सहायता स्वीकार गर्ने तथा राष्ट्रिय किसान आयोग गठन गर्ने निर्णयसमेत बैठकले गरेको मन्त्री कार्कीले जानकारी दिए।

यस्तै काभ्रेका अजित मिजार र लक्ष्मी परियारको मृत्युका सम्बन्धमा अध्ययन गरेर पीडित परिवारलाई गर्न सकिने सहयोगका सम्बन्धमा सुझाव दिन खेलकुद मन्त्री दलजित श्रीपाइलीको संयोजकत्वमा एक समिति पनि गठन गरिएको छ।

यसैगरी दूरसञ्चार प्राधिकरणमा रिक्त सञ्चालक समिति सदस्य चयनका लागि सञ्चार सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.