झोलयुक्त खानेकुरा खान स्वास्थ्यकर्मीको सुझाव

|

जुम्ला : कर्णाली प्रदेशका विभिन्न जिल्लासहित जुम्लामा हिमपात सुरु भएको छ। जुम्लामा बिहीबार दिउँसोदेखि हुम्ला हिमपात सुरु भएको हो। वर्षासँगै परेको हिमपातले यहाँको जनजीवन प्रभावित बनेको छ।

चिसो अत्याधिक बढेका कारण स्थानीयलाई आवतजावतमा कठिनाइ भएको छ। चिसो बढेपछि जुम्ला बजार आसपासका स्थानीय आगो बालेर बसेको देखिन्छ। चिसोका कारण विद्यालयको पठनपाठन पनि प्रभावित बनेको छ।

हिमपातले किसान खुसी

जुम्ला  हिमपात सुरु भएपछि खेती गर्न सहज हुने भन्दै किसान खुसी भएका छन्। लामो समय पानी नपर्दा हिउँदे बाली बिग्रिने चिन्तामा रहेका किसान वर्षासँगै हिमपात सुरु भएपछि हर्षित भएका हुन्।

यतिबेला परेको हिमपातले हिउँदे बालीनाली सप्रिने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। 'यतिबेला जुम्ला बजार र  डाँडाकाँडा सेताम्य भएका छन्' स्थानीय किसान देवेन्द्रबहादुर बुढाले भने, 'यो हिमपातले कर्णालीका किसानमा निकै खुसी ल्याएको छ। हिमपात कृषि क्षेत्रको लागि उत्तम छ।’

 झोलयुक्त खानेकुरा खान स्वास्थ्यकर्मीको सुझाव

जुम्लामा एक्कासी मौसम बादल भई हिउँ पर्न थालेपछि चिसो बढेको छ। जुम्लाको तापक्रम माइनस ३ डिग्री सेल्सियस रहेको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ।

हिमपातसँगै बढेको चिसोले स्वास्थ्यमा समस्या पर्ने भन्दै गेडागुडीको झोललगायत झोलयुक्त खानेकुरा खान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आग्रह गरेको छ। चिसोमा न्यानो कपडा लगाउन र तातो खानेकुरा खान स्वास्थ्यकर्मीले सुझाव दिएका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.