काठमाडौं : जापानको यू-२२ फुटबल टोलीले नेपाललाई हराएको छ। शुक्रबार दशरथ रंगशालामा नेपाल निलोसँग खेलेको जापानको यू-२२ को टोलीले ४ शून्यको गोल अन्तरले हराएको हो।
नेपालमा फुटबल लिगको टोलीबीचको मैत्रीपूर्ण खेल खेल्न जापानको यू-२२ को टोली काठमाडौं आएको छ। हाल राष्ट्रिय टोलीमा नरहेका खेलाडी समेटेर बनाइएको नेपाल निलो टोलीको कप्तानी भोला सिलवालले गरेका थिए।
शुक्रबार भएको खेलको पहिलो हाफमा १ गोलको अग्रता लिएको जापानले दोस्रो हाफमा ३ गोल थपेको थियो। मासाहिको सुगिताको गोलमा जापानले अग्रता लिएको थियो। ४९औँ मिनेटमा उनैले अग्रता दोब्बर पारे। सतोशी सुनोमाताले गोल गर्दै जापानी टोलीको अग्रता फराकिलो पारे।
तोशिकी सासाकीले ७४औँ मिनेटमा गोल गर्दै ४-० जित पक्का गरेका थिए। जापानी टोलीले शनिबार दोस्रो मैत्रीपूर्ण खेल गत वर्षको लिग च्याम्पियन मनाङसँग खेल्ने तालिका रहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।