|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार केही दिनभित्र विस्तार हुने बताएका छन्। सत्तारुढ घटक नेकपा माओवादी केन्द्रले वर्तमान सरकारको विकल्प खोज्ने निर्णय गरेका बेला प्रधानमन्त्रीले ‘सरकार परिवर्तन नहुने बरु विस्तार हुने’ बताएका हुन्।

भूमिसुधार तथा व्यवस्थापन मन्त्रालयले बिहीबार गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने– ‘सरकार परिवर्तन हुने कुरा हल्ला मात्रै हो। यो दायाँबायाँ हुँदैन।‘ 

प्रधानमन्त्रीले सरकार परिवर्तन हुने चर्चालाई ‘हल्ला’ भनेका छन्। उनले बिहीबार ट्विट गरेका छन्- हल्लै हल्लाले हल्लिने र त्यसैका पछि कुद्ने बानी परेको छ कतिपयलाई, सरकार परिवर्तनको हल्ला खुब चलेको छ तर, सरकार परिवर्तन होइन विस्तार हुँदैछ।

हल्लै हल्लाले हल्लिने र त्यसैका पछि कुद्ने बानी परेको छ कतिपयलाई,सरकार परिवर्तनको हल्ला खुब चलेको छ तर, सरकार परिवर्तन होइन विस्तार हुँदैछ ।

— PM K.P. Sharma Oli (@PM_Nepal) July 7, 2016

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.