|

काठमाडौं : संरक्षित वन्यजन्तुको सूचीमा रहेको हाब्रे (रेड पाण्डा) को छाला बेच्न हिडेका दुई जनालाई काठमाडौंको प्याफलबाट प्रहरीले पक्राउ गरेको छ। प्रहरीले प्लाफलकी ६२ वर्षीया गंगादेवी श्रेष्ठ र रामेछाप रसनालुका २५ वर्षीक्ष् गोपाल सुनुवारलाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरुले बेच्नको लागि लिई हिडेको अवस्थामा एउटा हाब्रेको छाला बरामद गरेको हो। राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ तथा साइटिस महासन्धी, १९७५ विरुद्धको अपराध भएकोले उनीहरुलाई कारवाहीको लागि जिल्ला वन कार्यालय, हात्तिसार पठाइएको प्रहरीले जनाएको छ। 

उनीहरुलाई ४० देखि ७५ हजार रुपैयाँ जरिवाना र एकदेखि दश वर्षसम्मको कैद वा दुबै सजाय हुने व्यवस्था रहेको पनि केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.