|

बारा : पूर्वपश्चिम राजमार्गअन्तर्गत निजगढमा भएको दुर्घटनामा एम्बुलेन्स चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा एम्बुलेन्स चालक रौतहटको चन्द्रपुर–९ डुमररियाका करिब ३२ वर्षीय ईश्वर विष्ट रहेका छन्।

बिरामीलाई अस्पताल पुर्‍याएर रौतहट घर फर्किंदै गरेको ना ५ ख १०३३ नम्बरको एम्बुलेन्स पूर्वबाट निजगढतर्फ आउँदै गरेको ना ६ ख ४९५४ नम्बरको ट्रकसँग शनिबार राति करिब पौने ९ बजे ठोक्किएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।

एम्बुलेन्समा चालक मात्र सवार थिए। उनको घटनास्थलमा नै मृत्यु भएको हो। मृतकको शव परीक्षणका लागि प्रहरीले चन्द्रपुर अस्पताल पठाएको छ। ट्रक राजमार्गबाट दक्षिणतर्फ जंगलमा झरेको छ। ट्रकका चालक फरार छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.