|

काठमाडौं : आज पनि देशका उच्चपहाडी तथा हिमाली भेगमा हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै देशको पश्चिमी भूभागमा अन्य स्थानको तुलनामा थोरै वर्षा भएपनि मध्य र पूर्वी पहाडी क्षेत्रका पहाडमा पानी पर्ने उल्लेख गरेको छ।

आइतबार राती पनि देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने र हिमाली क्षेत्रमा हिमपात हुने पूर्वानुमान गरिएको छ। हिउँदयाममा देशको पश्चिमी भागबाट भित्रने वायुका कारण नेपालमा वर्षा र हिमपात भई चिसो बढ्ने गर्छ।

मौसमविदहरुले चिसोबाट बच्न तातो र झोलिलो पदार्थ खान तथा बाक्ला र न्यानो लुगा लगाउन आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.